
विराटनगर । मोरङको जहदा गाउँपालिका-१ नयाँ बस्तीबाट सशस्त्र प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा सोमबार राति ९ बजे खटिएको सशस्त्रको टोलीले लुकाएर राखेको अवस्थामा गाँजा बरामद गरेको हो ।
बरामद गाँजा नेपाल प्रहरीलाई बुझाइने तथा ओसार-पसारमा संलग्नको खोजी भइरहेको सशस्त्रले जनाएको छ ।

संगालोखबर 




















