सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटा बजार क्षेत्रमा रहेका सामुदायिक कुकुरहरूको बन्ध्याकरण गर्न थालिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाको सहयोगमा धनकुटा नगरपालिकाले कुकुरको बन्ध्याकरण थालेको हो ।

बजार क्षेत्रमा सामुदायिक कुकुरको संख्या बढ्दै गएर सर्वसाधारणलाई समस्या बनाउन थालेपछी कुकुरको संख्या न्यूनिकरणका लागि बन्ध्याकरण थालिएको नगरपालिकाका सूचना अधिकारी विकास अधिकारीले जानकारी दिए । भेटेरिनरी अस्पतालमा असोज १५ गतेबाट सुरु भएको कुकुर बन्ध्याकरण कार्यक्रम असोज २० गतेसम्म जारी रहनेछ ।

धनकुटा बजार क्षेत्रमा सामुदायिक कुकुरका कारण स्थानीयले समस्या झेल्दै आएका छन् । पैदल हिड्ने तथा मोटरसाइकलमा यात्रा गर्नेहरूलाई कुकुरले टोक्न झम्टिएर हैरान पार्ने गरेको गुनासो बढिरहेको छ ।

जिल्ला अस्पताल धनकुटाका सूचना अधिकारी यज्ञमणि खतिवडाका अनुसार कुकुरको टोकाइका कारण उपचार गर्न आउनेको संख्यामा पनि बढेको छ । गत आर्थिक वर्ष २०८२/०८३ मा कुकुरले टोकेका ४६४ जना उपचारका लागि आएका थिए । गत साउनमा ५४ जना र भदौमा ६० जना रेबिजविरुद्धको उपचारका लागि अस्पताल आएको खतिवडाले जानकारी दिए ।

अहिले सामुदायिक कुकुरको बन्ध्याकरणसँगै रेबिजविरुद्धको खोप अभियान पनि चलिरहेको छ । घरपालुवा कुकुरलाई पनि निश्चित शुल्क लिएर खोप तथा उपचारको व्यवस्था मिलाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!