संगालोखबर


विराटनगर । विराटनगरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका-६ का २५ वर्षीय सरोज तिवारी र मोरङको सुन्दरहरैंचा नगरपालिका-८ का २१ वर्षीय सरोज आचार्य छन् ।

बिहीबार राति विराटनगर-१५ रानीबाट आचार्यलाई ६.२१ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । विराटनगर-१६ दरैयाबाट तिवारीलाई २३.२६ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!