संगालोखबर


विराटनगर । विश्व मुटु दिवसको अवसरमा विराटनगरमा भएको साताव्यापी सीपीआर तालिम सम्पन्न भएको छ । न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलको आयोजना तथा रोटरी क्लब अफ विराटनगरको सहकार्यमा भएको तालिम सम्पन्न भएको हो ।

अचानक हुन सक्ने हृदयघात वा अन्य आपतकालीन स्वास्थ्य अवस्थामा मानवीय जीवन बचाउन अत्यन्त महत्त्वपूर्ण मानिने सीपमूलक तालिममा विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

तालिमको सहजीकरण न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलका विशेषज्ञ एनेस्थेसियोलोजिष्ट डा. विकास अधिकारी, म्याट्रोन कुन्जा श्रेष्ठ र अस्पतालका अन्य नर्सिङ इन्चार्जहरूले गरेका थिए ।

विशेषज्ञ टोलीले सहभागीहरूलाई कृत्रिम श्वासप्रश्वास र आपतकालीन अवस्थामा अपनाउनुपर्ने प्रारम्भिक प्राथमिक उपचारसम्बन्धी व्यावहारिक तथा प्राविधिक ज्ञानबारे जानकारी गराएका छन् ।

तालिममा रोटरी क्लब अफ विराटनगर, नेपाल स्काउट तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिको सक्रिय सहभागिता रहेको थियो । समाजमा आपतकालीन स्वास्थ्य सेवाप्रतिको सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तालिमले विराटनगर क्षेत्रमा सकारात्मक प्रभाव पारेको अस्पतालले छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!