
विराटनगर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि डा. सुनिल शर्मा मोरङ-३ बाट सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।
मोरङ-३ मा खसेको ७९० सदरमतमध्ये शर्माले ६५० मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् ।
उनले ८२ दशमलव २८ प्रतिशत मत प्राप्त गरेका छन् । डा. शर्मा कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार बन्ने चर्चा छ । स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएका शर्माले पछिल्लो समय राजनीतिमा सक्रियता बढाउदै लगेका छन् ।
२०५४ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय डा.शर्मा १३ औँ महाधिवेशनदेखि महासमिति सदस्य रहँदै आएका छन् ।

संगालोखबर 



















