संगालोखबर


विराटनगर । नेपाली काँग्रेस विराटनगर महानगरपालिका कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । काँग्रेस मोरङ जिल्ला पार्टी कार्यालयमा आज बिहान ९ बजेपछिबाट सुरु भएको मतदान केहीबेर अघि सम्पन्न भएको हो ।

मतदान अधिकृत अधिवक्ता विकास थापाका करिब ८९ प्रतिशत मतदान भएको छ । ‘कति मत खस्यो भन्ने विवरण निकाल्दै छौँ’, उनले संगालोखबरसँग भने, ‘करिब ८९ प्रतिशत मतदान भएको छ ।’

मतगणना भोलि बिहान ९ बजेबाट परोपकार सामुदायिक भवनमा हुने उनले जानकारी दिए । काँग्रेस विराटनगर महानगर समितिको सभापतिमा कृष्णबहादुर कार्की र केशव गिरी प्रतिस्पर्धामा छन् ।

यस्तै महिला उपसभापति पदका लागि श्रुति शर्मा र कृष्णाकुमारी साह दाबेदार छन् । महानगर समितिको उपसभापतिमा शुभाशिष कोइराला र सचिवमा विरेन्द्रप्रसाद यादव यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । यस्तै दिवस गिरीले उम्मेदवारी फिर्ता लिएपछि सह-सचिवमा टिकाराम सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!