
विराटनगर । अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा विराटनगरको एभरेस्ट सेकेन्डरी स्कुलका एरिन जङ्ग थापा प्रथम भएका छन् । विराटनगर जुनियर जेसीजको आयोजनामा सम्पन्न प्रतियोगितामा थापा १५ वटा विद्यालयका विद्यार्थीलाई पछि पार्दै प्रथम भएका हुन् ।
प्रतियोगितामा पोलस्टार स्कुलकी प्रकृति घिमिरे दोस्रो र बीकेभीएम स्कुलका जोसेफ महतो तेस्रो भए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरूलाई क्रमशः पाँच, तीन र दुई हजार नगद, प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गरिएको छ ।
निर्णायक मण्डलमा लेखक तथा कवि सीमा आभास, प्राध्यापक अनुज शर्मा र विराटनगर जुनियर जेसीजका पूर्व अध्यक्ष देवेश प्रधान रहेका थिए ।

संगालोखबर 



















