संगालोखबर


विराटनगर । नेपाली काँग्रेस मोरङ क्षेत्र नम्बर ६ को अधिवेशनमा झडप भएको छ । उम्मेद्वारी मनोनयन दर्ता गर्ने क्रममा मोरङको सुन्दरहरैंचामा झडप भएको हो ।

झडपमा क्षेत्रीय सभापति पदका उम्मेदवार चुमनारायण तवदार, काँग्रेस नेता चेतराज रेग्मी र जेनजी युवा समुन्द्र पोखरेल घाइते भएका छन् । उनीहरूको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

‘झडपमा तीन जना घाइते हुनुभएको छ’, मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले संगालोखबरसँग भने, ‘उहाँहरूको नोबेलमा उपचार भइरहेको छ । झडपको अवस्था कसरी सिर्जना भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । झडपको कारण खुल्न बाँकी छ ।’

झडपका क्रममा कुर्सी समेत तोडफोड भएका छन् । झडपपछि मनोनयन दर्ता प्रक्रिया प्रभावित बनेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!