संगालोखबर


विराटनगर । विराटनगरको आरोहण गुरुकुलले बाढीपीडितका लागि एक लाख ४१ हजार तीन सय रुपैयाँ सहयोग गरेको छ ।

गतभदौ १० गते रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण एवम् विनाशकारी बाढीबाट प्रभावितका लागि गुरुकुलले सहयोग रकम उपलब्ध गराएको हो ।

गुरुकुलमा बाढीपीडितका लागि आर्थिक सहयोग संकलनका लागि ‘सिफारिस’ नामक नाटक मञ्चन गरिएको थियो ।

सोही नाटकबाट संकलन भएको रकम नेपाल सरकारको आधिकारिक विपद् उद्धार तथा राहत कोषमा जम्मा गरिएको गुरुकुलले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!