
धनकुटा । धनकुटामा अलकत्रा तताउने क्रममा गाडीमा आगलागी भएको छ । चौबिसे गाउँपालिका-६ धाराचोकस्थित रवि-राँके-भेडेटार सडक खण्डमा आज बिहान १०ः४० बजे गाडीमा आगो लागेको हो ।
एपको इन्फ्राटेक प्रालि निर्माण कम्पनीको यूपी ४२ बीटी ६९२५ नम्बरको गाडीमा अलकत्रा तताउने क्रममा अचानक आगलागी भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरी टोलीले आगो पूर्णरूपमा नियन्त्रणमा लिएको छ । आगलागीका कारण उक्त गाडी पूर्णरूपमा क्षति भएको छ भने मानवीय क्षति नभएको डीएसपी भण्डारीले जानकारी दिए ।

संगालोखबर 



















