संगालोखबर


विराटनगर । नेपाली काँग्रेस विराटनगर महानगरपालिका कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने भएको छ । यसअघि आज मतदान हुने भनिएपनि मोरङ क्षेत्र नम्बर ४ को निर्वाचनका कारण भोलिका लागि सारिएको हो ।

‘आज निर्वाचनको समय तोकिएको भएपनि मोरङ क्षेत्र नम्बर ४ को निर्वाचन पनि आज सोही स्थानमा भएकाले भोलिका लागि सारिएको हो’, मतदान अधिकृत अधिवक्ता विकास थापाले संगालोखबरसँग भने, ‘भोलि बिहान ९ बजेदेखि मतदान हुन्छ ।’

नेपाली काँग्रेसको मोरङ जिल्ला पार्टी कार्यालयमा भोलि बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । आज साँझ ५ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय निर्धारण गरिएको थियो ।

जसमा एक जनाले उम्मेदवारी फिर्ता गरेको मतदान अधिकृत थापाले जानकारी दिए । उनका अनुसार सह-सचिवका उम्मेदवार दिवस गिरीले उम्मेदवारी फिर्ता गरेका बताए । गिरीले उम्मेदवारी फिर्ता सह-सचिवमा टिकाराम सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।

अरुको उम्मेदवारी यथावत रहेको मतदान अधिकृत थापाको उनको भनाइ छ । काँग्रेस विराटनगर महानगर समितिको सभापतिका कृष्णबहादुर कार्की र केशव गिरीबीच प्रतिस्पर्धा हुने भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!