
धनकुटा । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनका लागि धनकुटाबाट ३३ जना केन्द्रिय महाधिवेशन प्रतिनिधि चयन भएका छन् । निर्वाचन प्रक्रियामार्फत प्रतिनिधिको टुङ्गो लागेको हो ।
सोमबार राति सम्पन्न मतदानबाट २१ प्रतिनिधि छनोट भएका हुन् । १२ जना भने निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृत रमेश दाहालले जानकारी दिए ।
निर्वाचन अधिकृत दहालका अनुसार महिला, समानुपातिक खस आर्य महिला, युवा महिला, दलित, प्रजातन्त्र सेनानी, समानुपातिक महिला, समानुपातिक आदिवासी र जनजाति महिला क्लस्टरमा निर्विरोध प्रतिनिधि छनोट भएका हुन् ।
त्यस्तै खुल्ला, श्रमिक, पेसागत, अपाङ्गता, अल्पसंख्यक, युवा खुल्ला, समानुपातिक आदिवासी र समानुपातिक खस आर्यमा निर्वाचनमार्फत प्रतिनिधि छानिएका छन् । असोज १० गतेबाट सुरु भएको अधिवेशनमा सर्वसम्मतको प्रयास असफल भएपछि मतदान प्रक्रिया अघि बढाइएको थियो ।

सन्तोष सुवेदी/संगालोखबर 



















