संगालोखबर


विराटनगर । विराटनगर-११ बसपार्क एरियाबाट १७ जना युवतीलाई प्रहरीले नियन्त्रण लिएको छ । आज दिउँसो करिब २ः३० बजे वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

उच्छृङ्खल गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरू सबै विराटनगरकै हुन कि विराटनगर बाहिरका हुन भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई अहिले वडा प्रहरी कार्यालय विराटनगरमा राखिएको छ । उनीहरूका विषयमा अनुसन्धान भइरहेको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्र कुमार मिश्रले संगालोखबरलाई जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!