संगालोखबर


विराटनगर । भारतको हरियाणामा घरको छतबाट लडेर गम्भीर घाइते भएका एक व्यक्तिको जीवन विकास अस्पतालमा सफल शल्यक्रिया भएको छ । भारतको अररियाका युगेशकुमार तत्माको कटहरी-२ स्थित जीवन विकास सामुदायिक अस्पतालमा मेरुदण्डको सफल शल्यक्रियापछि भएको हो ।

शल्यक्रियापछि उनी पुनः हिँडडुल गर्न सक्ने भएका छन् । घाँटीको हड्डी भाँचिएर मेरुदण्डको नसामा दबाब पर्दा युगेशको हातखुट्टा चलाउने क्षमता शून्य (पक्षघात) भएको थियो ।

उनका दाइ सन्तोष कुमार तत्माले युगेशको भारतका विभिन्न अस्पतालमा उपचार गराए । तर उनको अवस्थामा कुनै सुधार भएन । उपचारकै क्रममा पूर्णिया पुगेपछि न्युरोसर्जन भएको अस्पतालमा उपचार गराउनुपर्ने सल्लाह पाएपछि सन्तोषले जीवन विकास सामुदायिक अस्पतालका बारेमा जानकारी पाए ।

त्यसपछि युगेशलाई उपचारका लागि जीवन विकास सामुदायिक अस्पताल ल्याइएको थियो । न्युरोसर्जन डा. विवेक गौरव सिंहको टोलीले जीवन विकास सामुदायिक अस्पतालमा उनको सफल शल्यक्रिया गरेको हो ।

शल्यक्रियापछि स्वास्थ्यमा तीव्र सुधार भई पहिलो फलोअपमै युगेश आफ्नै खुट्टामा हिँड्न सफल भएका छन् । मेरुदण्डको चोटपछि पक्षघात भएका बिरामी जीवनभर सोही अवस्थामा रहन्छन् भन्ने भ्रम रहेको भन्दै डा. सिंहले समयमै विशेषज्ञ उपचार पाए सुधारको सम्भावना रहने बताए ।

२०० शय्याको उक्त अस्पतालले आधुनिक प्रविधिसहित २४ सै घण्टा न्युरोसर्जरी, ट्रमा तथा क्रिटिकल केयर सेवा प्रदान गर्दै आएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!