संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिका-४ स्थित शिरडी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न विधामा ७ जनालाई सम्मान गरेको छ । आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा संस्थाले बचतकर्ता, असल ऋणी तथा कर्मचारीलाई सम्मान गरेको हो ।

संस्थाले असल ऋणीमा रिता अधिकारी र कुबेर प्रसाद दाहाललाई सम्मान गरेको छ ।  त्यसैगरी असल बचतकर्तामा विमला बराल, ज्येष्ठ नागरिक टिकामाया कटवाल र दैनिक बचतकर्ता संजय राजवंशीलाई सम्मान गरेको हो ।

कर्मचारीद्वय रमिला उप्रेती र ममता माझीलाई पनि संस्थाले सम्मान गरेको छ । उनीहरूलाई संस्थाका अध्यक्ष बलराम पराजुली, उपाध्यक्ष अर्जुन कुमार भट्टराई, सचिव भूपप्रसाद बास्तोला लगायतले सम्मानपत्र प्रदान गरे ।

बालबालिकाहरू प्रिन्सा दाहाल, एलिजा पराजुली, अश्विन निरौला, सभ्यता बास्तोला, आर्य भट्टराई, आयुष्मा पोखरेल, समीक्षा पराजुली लगायतले खुत्रुकेमा पैसा जम्मा गरेर कार्यक्रमको उद्‌घाटन गरेका थिए ।

२०६९ सालमा स्थापना भएको संस्थामा हाल ३७० जना सदस्य छन् । यस सहकारी संस्थाको कार्यक्षेत्र विराटनगर महानगरपालिका वडा नम्बर ३, ४ र ५ रहेको जनाइएको छ ।

आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म ३ करोड ३९ लाख ७६ हजार ९४९ कुल सम्पत्ति रहेको संस्थाका अध्यक्ष बलराम पराजुलीले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!