
विराटनगर । अविरल वर्षा तथा बाढी पहिरोका कारण कोशी प्रदेशका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार पाँचथरको तुम्बेवा गाउँपालिका-२ नावाखोलास्थित तमोर करिडोर पूर्णरूपमा अवरुद्ध भएको हो ।
उक्त सडक खण्ड असोज ८ गतेदेखि नै अवरुद्ध भएको छ । यस्तै पाँचथरकै याङबरक गाउँपालिका-२ दोभान खोलास्थित मध्यपहाडी लोकमार्ग पनि पूर्णरूपमा अवरुद्ध छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ स्थित मध्य पहाडी सडक खण्ड पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाढी पहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सोलुखुम्बु, भोजपुर, इलाम, खोटाङ र उदयपुरमा रातिको समयमा सवारी चलाउन रोक लगाइएको छ ।

संगालोखबर 

















