संगालोखबर

विराटनगर । विराटनगरमा शनिवार राती दुर्घटना भएको स्कार्पियो गाडीभित्र ठूलो मात्रामा गाँजा फेला परेको छ । आयल निगम अगाडि दुर्घटना भएको को १ च ७३९९ नम्बरको स्कार्पियो गाडीभित्र ३९८ किलो गाँजा फेला परेको हो ।

इटहरीतर्फबाट विराटनगरतर्फ आउँदै गरेको सो स्कार्पियो राती करिब १० बजे अर्को कारसँग ठोक्किएको हो । दुर्घटनापश्चात गाडी चेकजाँच गर्दा १३ वटा प्याकेटमा राखिएको अवस्थामा ३९८ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

दुर्घटना पश्चात स्कार्पियो चालक फरार भएका छन् । गाडीको अगाडिको भागमा क्षति पुगेको छ । गाँजा कसले कहाँबाट ल्याएको हो र कहाँ लैजाँदै गरिएको हो भन्ने खुलेको छैन । प्रहरीले यो विषयमा अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!