संगालोखबर


विराटनगर । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ बाट युवा नेता मिलन लुइँटेलले महाधिवेशन प्रतिनिधि पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

पार्टीभित्रको नेतृत्वलाई थप सुदृढ, सङ्गठनलाई चलायमान र काँग्रेसलाई एकताबद्ध बनाउने उद्देश्यले उनले उम्मेदवारी घोषणा गरेका हुन् । नयाँ पुस्ताको ऊर्जा र अग्रजहरूको अनुभवलाई एकीकृत गर्दै पार्टीलाई सशक्त बनाउनु आफ्नो मुख्य प्राथमिकता रहेको उनको भनाइ छ ।

उम्मेदवारी घोषणासँगै लुइँटेलले क्षेत्र नम्बर ६ का पार्टी कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरूसँग निरन्तर संवाद र छलफल तीव्र पारेका छन् ।

महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भए पार्टी सङ्गठनको हित, आम कार्यकर्ताको भावना र काँग्रेसको आदर्शलाई केन्द्रमा राखेर जिम्मेवारी निर्वाह गर्ने उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!