संगालोखबर


सुनसरी । सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएपछि ३१ वटा ढोका खोलिएको छ । लगातारको वर्षापछि पानीको बहाव बढेपछि ३१ वटा ढोका खोलिएको हो ।

कोशी ब्यारेजले आज दिउँसो २ः१५ बजे दिएको पछिल्लो अपडेट अनुसार पानीको बहाव २ लाख ४० हजार ५५ क्युसेक पुगेको छ ।

पानीको बहाव बढ्न थालेसँगै प्रशासनले नदी आसपास तथा तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन सचेत गराएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज ११ गते आइतबारसम्म कोशी प्रदेशसहित देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!