संगालोखबर
साङ्केतिक तस्बिर : एआईको सहयोगमा

विराटनगर । विराटनगरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको धरान-१० का ४३ वर्षीय शिवराज राई छन् ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई ८.६२ ग्राम ब्राउन सुगरसहित विराटनगर-१५ रानीबाट पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

शङ्कास्पद अवस्थामा हिँडिरहेका उनलाई चेकजाँच गर्दा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान सुरु गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!