
सुनसरी । सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएपछि २३ वटा ढोका खोलिएको छ । कोसी ब्यारेजले ५ः१५ बजे दिएको अपडेट अनुसार पानीको बहाव १ लाख ८५ हजार १३० क्युसेक पुगेको हो ।
हाल कोशी ब्यारेज क्षेत्रमा सिमसिम वर्षासँगै हावा चलिरहेको छ । पानीको बहाव बढ्ने क्रम जारी रहेकाले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
नदी आसपास तथा तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन पनि स्थानीय प्रशासनले सचेत गराएको छ ।

संगालोखबर 
















