संगालोखबर


विराटनगर । इलाममा मेची राजमार्गसहित भित्री सडक खण्डमा रातिको समयमा सवारी चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय इलामले आज सूचना जारी गर्दै ११ गतेसम्म साँझ ७ देखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको जनाएको हो ।

भोलिदेखि ११ गतेसम्म इलामसहित देशभर भारी वर्षाको सम्भावना भएकाले बाढी, पहिरोको जोखिम हुने भन्दै प्रशासनले यस्तो कदम चालेको जनाएको छ ।

इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा जारी सूचनामा मेची राजमार्गसहितका अन्य भित्री सडक खण्डहरू पूर्ण सुरक्षित नभएका कारण रातिको समयमा सवारी-साधन सञ्चालनमा रोक लगाइएको जनाइएको छ ।

यस्तै जोखिमलाई मध्यनजर गर्दै प्रशासनले अत्यावश्यक काम नपरी रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ । अत्यावश्यक काम परेमा नजिकैको प्रहरी प्रशासनको मद्दत लिन पनि सूचनामा भनिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!