संगालोखबर


धनकुटा । धनकुटामा रातिको समयमा सवारी-साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै राति ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको जनाएको हो ।

धनकुटासहित देशभर भारी वर्षाको सम्भावना देखिएपछि बाढी, पहिरो, कटान, ग्रेगान बहाब आदीको जोखिम रहेकाले रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

प्रशासकीय अधिकृत रामजी पौडेलद्वारा जारी सूचनामा भेडेटारदेखि रवि-राँके सडक खण्ड र मूलघाटदेखि पाँचथरको सिमानासम्म तमोर करिडोरमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइने जनाइएको छ ।

यस्तै भेडेटारदेखि तेह्रथुम, संखुवासभा, भोजपुर र पाँचथरसम्म जाने तथा फर्कने सवारी-साधन र जोखिमयुक्त भित्री सडक खण्डमा राति सवारी नचलाउन प्रशासनले आग्रह गरेको छ । ११ गतेसम्म जोखिम कायम रहेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिक्लिन पनि प्रशासनले सचेत गराएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!