संगालोखबर


सुनसरी । सुनसरीको कोशी गाउँपालिका-४ स्थित पूर्व-पश्चिम राजमार्गमा यात्रुबाहक माइक्रोबस दुर्घटना भएको छ । आज बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २-००१ ज १५६ नम्बरको माइक्रोबस ७ः३० बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा चालकसहित १२ जना घाइते भएका छन् । उनीहरूको सप्तकोसी न्युरो अस्पताल सुनसरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये सप्तरीको कञ्चनपुर नगरपालिका-१२ का ५१ वर्षीय बलराम पौडेल डिस्चार्ज भइसकेका छन्  ।

घाइतेहरूको नामावली

१. सप्तरीको कन्चनपुर नगरपालिका-११ का ३२ वर्षीय आर्यन पोखरेल (चालक)
२. सोही स्थानका ७० वर्षीय दनसलाल चौधरी
३. सप्तरीको कन्चनपुर-१ का ४३ वर्षीय गोविन्द गुप्ता
४. कन्चनपुर-१२ का ५१ वर्षीय बलराम पौडेल (डिस्चार्ज)
५. कन्चनपुर-११ की २१ वर्षीया माया भुजेल
६. सोही स्थानका ६० वर्षीय असरफि खङ
७. सोही स्थानकी ३० वर्षीया सुनिता खङ
८. कन्चनपुर-६ की ३० वर्षीया पुजा चौधरी
९. फतेपुर नगरपालिका-१ की ३६ वर्षीया उर्मिला भुजेल
१०. सोही स्थानकी २१ वर्षीया उषा भुजेल
११. कन्चनपुर-१ का ४७ वर्षीया राधा नेपाल
१२. कन्चनपुर-६ का ४० वर्षीय देवाकान्त चौधरी

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!