
विराटनगर । विराटनगर महानगरपालिका-३ बरगाछीमा प्रहरी चौकीको भवन शिलान्यास गरिएको छ ।
भवन निर्माण समितिका अध्यक्ष दीपक चापागाईँको अध्यक्षता तथा कोशी प्रदेश सभा सदस्य भीम पराजुलीको प्रमुख आतिथ्यतामा मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले भवनको शिलान्यास गरेका हुन् ।
आफ्नै भवन नहुँदा बरगाछी प्रहरी चौकी आयल निगम नजिक भाडाको घरमा सञ्चालन हुँदै आएको छ । करिब २ कठ्ठा जग्गामा प्रदेश सरकारको सहयोगमा भवन निर्माण हुन लागेको हो ।

संगालोखबर 

















