संगालोखबर


विराटनगर । विराटनगरको दरैयाबाट भन्सार छलेर ल्याउँदै गरेको अवैध सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल बीओपी दरैयाबाट खटिएको टोलीले आज दुई लाख २६ हजार ६ सय ८५ मूल्य बराबरको सामान बरामद गरेको हो ।

सीमा क्षेत्रमा जाँच गर्ने क्रममा २५ कार्टुन अनार, १५ बोरा सुकेको खुर्सानी र २५० किलो चिनी बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्रले सामान ओसार-पसारमा प्रयोग भएको एउटा सिटी सफारी पनि नियन्त्रणमा लिएको छ ।

बरामद भएको सामान विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!