
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहराबाट गाँजा बोकेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति गस्तीमा खटिएको प्रहरी टोलीले शङ्का लागेर एम्बुलेन्सलाई चेकजाँच गर्दा ठूलो परिमाणमा गाँजा बरामद भएको हो ।
बा २ च ९५७३ नम्बरको एम्बुलेन्सबाट चार सय ५० किलो गाँजा बरामद भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । एम्बुलेन्सबाट १५ वटा पोका बनाएर राखेको अवस्थामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार एम्बुलेन्स चालक फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 

















