संगालोखबर


विराटनगर । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) विराटनगर च्याप्टरले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँग भेटघाट गरेको छ ।

भेटका क्रममा नेतृत्व कौशल, राष्ट्र निर्माण, नेपालको ऊर्जा क्षेत्रको सम्भावना, युवा उद्यमशीलता तथा समृद्ध नेपाल निर्माणको साझा दृष्टिकोणबारे गहन र खुला छलफल भएको हो ।

सो अवसरमा घिसिङले आफ्ना प्रशासनिक तथा व्यवस्थापकीय अनुभव र भावी कार्यदिशा प्रस्तुत गर्दै युवाहरूलाई जिम्मेवार नेतृत्व लिन र प्रभावकारी कार्यान्वयनमार्फत मुलुकको आर्थिक-सामाजिक विकासमा योगदान पु¥याउन प्रेरित गरे ।

कार्यक्रममा एनवाईईएफ विराटनगर च्याप्टरका पदाधिकारी, सदस्य तथा स्थानीय युवा उद्यमीहरूको सक्रिय सहभागिता थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!