
विराटनगर । विराटनगरका युवा उद्यमी गोपाल अग्रवाल नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको राष्ट्रिय अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।चितवनको सौराहामा असोज ३ र ४ गते भएको पाँचौँ महाधिवेशनले अग्रवाललाई राष्ट्रिय अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
यसअघि नेपाल इलेक्ट्रिक संघ मोरङको अध्यक्षको जिम्मेवारी सम्हालेका अग्रवाल संघको केन्द्रीय पदाधिकारीसमेत भइसकेका छन् । उनी मोरङ व्यापार संघका कार्यसमिति सदस्य पनि हुन् ।
विराटनगरकै मोहित लालवानी संगठनको महासचिवमा निर्विरोध निर्वाचित भएका छन् । महाधिवेशनमा देशभरका २६ वटा मारवाडी युवा संगठनबाट दुई सयभन्दा बढी प्रतिनिधि सहभागि थिए ।

संगालोखबर 

















