संगालोखबर


विराटनगर । प्याब्सन विराटनगरको आयोजनामा जुनियर लेभलको (कक्षा १-३) हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम हुँदै च्याम्पियन बनेको छ ।

प्रतियोगितामा एभरेष्ट सेकेन्डरी स्कुल द्वितीय, डिएभी स्कुल तृतीय र गौतमबुद्ध सेकेन्डरी स्कुल सान्त्वना भएका छन् । प्रतियोगिताका विभिन्न चरणमा सबैभन्दा बढी सही उत्तर दिँदै वेस्ट स्पेलर अवार्ड एभरेष्ट सेकेन्डरी स्कुलले प्राप्त गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्याब्सन केन्द्रीय कार्यसमिति सदस्य शीतला सुब्बाले विद्यार्थीको सिकाइलाई प्रतिस्पर्धात्मक र रमाइलो बनाउँदै भाषा तथा शब्द ज्ञानको विकास गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताइन् ।

उनले विद्यार्थीको प्रतिभा पहिचानसँगै आत्मविश्वास अभिवृद्धि गर्न विद्यालयस्तरमा सिर्जनात्मक तथा ज्ञानमूलक प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् । प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले विद्यार्थीको ज्ञान, क्षमता र प्रतिभा प्रस्फुटनका लागि विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको बताए ।

उनले प्रतियोगितालाई केवल जितहारका रूपमा नलिई विद्यार्थीको सिकाइ, आत्मविश्वास र व्यक्तित्व विकाससँग जोडेर हेर्नुपर्ने धारणा व्यक्त गरे । प्रतियोगितामा २६ वटा विद्यालयका विद्यार्थीहरू सहभागी थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!