
धनकुटा । धनकुटाको शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाले विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ । धनकुटामा आयोजित १७ औं साधारण सभाको अवसरमा संस्थाका सदस्यहरूलाई सम्मान गरिएको हो ।
उत्कृष्ट सदस्य सम्मान तथा पुरस्कारबाट नगद ३ हजारसहित यमुना राई सम्मानित भइन् । बालबचतकर्ता पुरस्कारबाट नगद २ हजार नगदसहित प्रतिमा सुवेदी, संयोज राई र कृष्टिना निरौलालाई सम्मान गरिएको संस्था सचिव रविन्द्र न्यौपानेले जानकारी दिए ।

यस्तै उत्कृष्ट सेयरकर्ता सदस्य रविन्द्र न्यौपाने, उत्कृष्ट बचतकर्ता मोहन लामिछाने, उत्कृष्ट ऋणी तिलविक्रम सुब्बा, भक्तबहादुर देवान र विपना याख्खालाई पनि सम्मान गरिएको छ ।
ज्येष्ठ सदस्य सम्मान चन्द्रमणि बुढाथोकी, अमरबहादुर पाण्डे, वेणीमाधव शर्मा, पूर्णबहादुर लिम्बू, शिवकुमार इङ्नाम र गजेन्द्रबहादुर न्यौपाने प्रदान गरिएको सचिव न्यौपानेले जानकारी दिए । सबैजनालाई दोसल्ला ओडाएर सम्मानपत्रले सम्मान गरिएको थियो ।


तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

सन्तोष सुवेदी/संगालोखबर 














