संगालोखबर

विराटनगर । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । प्रहरीले उनलाई आज बिहान मोरङको सुन्दरहरैंचा नगरपालिका-८ सलकपुरबाट पक्राउ गरेको हो । 

मोरङ प्रहरीका एसपी कवित कटवालका अनुसार साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई पक्राउ गरिएको हो । दाहालविरुद्ध ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।

दाङको तुलसीपुर उपमहानगरपालिका-८ घर भएका दाहाललाई आज बिहान ८ बजे पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । दाहाललाई आजै काठमाडौं पठाइने मोरङ प्रहरीले जनाएको छ । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!