संगालोखबर

विराटनगर । विराटनगरमा आज सञ्चालित अन्तर सञ्चारगृह फुटसल प्रतियोगिताको उपाधि द शब्द एक्सप्रेसले जितेको छ । जेएनएल फुटसलमा भएको प्रतियोगिताको फाइनलमा मकालु टेलिभिजनलाई ७-१ गोलले पराजित गर्दै शब्द एक्सप्रेसले उपाधि जितेको हो ।

ब्रेकिङ नेपाल न्यूजको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा विराटनगरका १४ सञ्चारगृहको टिमबीच प्रतिष्पर्धा भएको थियो ।

प्रतियोगिता उद्‌घाटन गर्दै विराटनगर महानगरकी उपमेयर शिल्पा निराला कार्कीले सञ्चारगृहबीचको सम्बन्ध थप प्रगाढ बनाउन यो खेलले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।

प्रतियोगिताका विजेता र उपविजेतालाई भदौ ११ गते कार्यक्रम आयोजना गरेर पुरस्कार प्रदान गरिने आयोजक ब्रेकिङ नेपाल न्यूजका सञ्चालक मीनकुमार नवोदितले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!