
विराटनगर । नेपाली काँग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । काँग्रेसबाट सरकारमा सहभागी चार मन्त्री र एक राज्यमन्त्रीले आज मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएका छन् ।
कोशी सरकारमा काँग्रेसबाट सहभागी भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी, र स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले राजीनामा दिएका हुन् । यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयकी राज्यमन्त्री शोभा चेम्जोङले पनि राजीनामा बुझाएकी छन् ।
२०८१ भदौ २८ गते कोशी सरकारमा काँग्रेस सहभागी भएको थियो । त्यसपछि दोस्रो पटक मन्त्रिपरिषद् पुनःगठन गर्दा २०८२ पुस २२ गते उनीहरू मन्त्रीमा नियुक्त भएका थिए ।
केन्द्रमा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच गठबन्धन गर्न साउन दोस्रो हप्तामा तीन बुँदे सहमति भएपछि काँग्रेस प्रदेश सरकारबाट बाहिरिएको हो ।

संगालोखबर 












