संगालोखबर


विराटनगर । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर नेप्लिज युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्था स्थापनाको २२ औँ वर्ष प्रवेश गरेको अवसरमा आज एमएम प्लास्टिक इन्डस्ट्रिज परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने मूल नाराका साथ सामाजिक उत्तरदायित्व वहन गर्दै आयोजना गरिएको ६० प्रिन्ट रगत संकलन भएको युवा उद्यमी मञ्च विराटनगरका अध्यक्ष रोमन कटेलले जानकारी दिए ।

कार्यक्रममा युवा उद्यमी, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो । अस्पतालहरूमा भइरहने रगतको अभावलाई केही हदसम्म कम गर्ने र रक्तदानबारे चेतना जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रत्येक वर्ष अन्तराष्ट्रिय युवा दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने गरिएको अध्यक्ष कटेलले बताए । विराट मेडिकल कलेजको ब्लड बैँकसँगको सहकार्यमा रक्तदान गरिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!