संगालोखबर


सुनसरी । सुनसरीको गढी गाउँपालिका-४ मेहता टोलस्थित भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट वृद्धाको मृत्यु भएको छ । दुर्घटनामा गढी गाउँपालिका-४ मेहता टोल की ७५ वर्षीया गुद्री देवी मेहताको मृत्यु भएको हो ।

छिटाहाबाट चिमडीतर्फ जाँदै गरेको को १ ख ३३९१ नम्बरको बर्जु लेक आइडियल इङ्लिस स्कुल चिमडीको बसले बाटो छेउमा बसिरहेकी मेहतालाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते मेहतालाई उपचारका लागि विराट नर्सिङ होम विराटनगर लगिएकोमा उपचारका क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

बस चालक बर्जु गाउँपालिका-६ बस्ने २२ वर्षीय सुदीप सरदारलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!