सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको आयोजना तथा शिक्षा नीति तथा अभ्यास केन्द्रको सहकार्यमा धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित नाम्जेमा क्षमता विकास तथा तीन वर्षे रणनीतिक योजना निर्माण कार्यशाला सुरु भएको छ ।

नाम्जे थुम्की सामुदायिक होमस्टेमा आजबाट कार्यशाला सुरु भएकाे हाे । कार्यशाला साउन २८ गते सम्पन्न हुने छ ।

शिक्षा विकास निर्देशानलय धनकुटाका निर्देशक कृष्ण प्रसाद पोखरेलकाे प्रमुख अतिथ्यता तथा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका अध्यक्ष काशीनाथ दंगालको अध्यक्षतामा कार्यक्रमकाे उद्घाटन गरिएको थियो ।

कार्यशालामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यालय व्यवस्थापन समिति तथा अभिभावकको भूमिका, शिक्षा सेवा प्रणाली र महासंघको आगामी रणनीतिका विषयमा छलफल तथा अन्तरक्रिया गरिने छ।

कार्यशालाको पहिलो दिन राज्यको शिक्षा सेवा प्रणाली, शिक्षकको अवधारणा तथा प्रयोजन र गुणस्तरीय शिक्षाका विषयमा छलफल, सामुदायिक विद्यालय र विद्यालय व्यवस्थापन समितिको भूमिकाबारे अन्तरक्रिया तथा महासंघको परिचय र उद्देश्यबारे प्रस्तुतीकरण गरिएको छ।

सामुदायिक विद्यालय सुधारमा महासंघले गर्न सक्ने भूमिका, विद्यालय व्यवस्थापन समिति र अभिभावकबीचको सहकार्य तथा आगामी तीन वर्षका लागि रणनीतिक योजना निर्माण लगायतका विषयमा समूहगत छलफल र प्रस्तुतीकरण गरिने अध्यक्ष दंगालले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!