संगालोखबर


विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते राति भएको दुई समूहबीचको झडपमा गोली लागेर गम्भीर घाइते भएका अमित यादवको बायाँ हात काटिएको छ ।

काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत यादवको सोमबार शल्यक्रियाका क्रममा बायाँ हात काटिएको परिवारले जनाएको हो ।

घटनामा यादवको बायाँ हात र कोखामा गोली लागेको थियो । विराटनगरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई काठमाडौं लगिएको थियो ।

कप्तानगन्ज गोलीकाण्डमा घाइते भएका चार जनाको उपचार अझै जारी रहेको छ । तीन जनाको विराटनगरका अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि उपचारकै क्रममा देवानगन्ज-३ का २१ वर्षीय रविन्द्रकुमार मेहताको पनि गोली लागेको बायाँ खुट्टा काटिएको थियो । स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई विराटनगरबाट एयर एम्बुलेन्समार्फत काठमाडौं लगिएकोमा उनको शिक्षण अस्पतालमा निधन भयो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!