संगालोखबर


विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मोरङले हिन्दु राष्ट्रका लागि बोलबम यात्रा गरेको छ । साउनको अन्तिम सोमबार आज राप्रपाले विराटनगरमा बोलबम यात्रा गरेको हो ।

सिंघिया घाटबाट जल लिएर बनसखण्डी महादेव मन्दिर देवकोटा चोकसम्म राप्रपा मोरङले जलढरि पदयात्रा गरेको छ ।

नेपाल हिन्दु राष्ट्र घोषणा हुनुपर्छ भन्ने मागसहित बोलबम यात्रा गरिएको राप्रपा मोरङका सह-सचिव सुरेश मिश्रले बताए । हिन्दु राष्ट्र नै अबको विकल्प भएको बताउँदै सह-सचिव मिश्रले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न ढिलाई गर्न नहुने उल्लेख गरे ।

राष्ट्रिय एकता बलियो बनाउन सामाजिक सद्भावसहितको धार्मिक र्‍याली निकालिएको उनले बताए । नेपालको पहिचान हिन्दु राष्ट्र भएको उल्लेख गर्दै उनले हिन्दु राष्ट्र निर्माणका लागि सम्पूर्ण राष्ट्रवादी धार्मिक शक्तिहरू एक ठाउँमा उभिनु पर्ने उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!