संगालोखबर

विराटनगर । विराटनगर-३ स्थित आर्या न्युराे हस्पिटलले सेवाग्राहीहरूबाट लिइएको ‘स्वास्थ्य समता शुल्क’ फिर्ता गर्ने भएको छ ।

नेपाल सरकारको निर्णय बमोजिम उक्त शुल्क पूर्णरूपमा छुट गरिएकाले अस्पताल प्रशासनले साउन २१ गते सूचना जारी गर्दै पूर्व भुक्तानी भइसकेको रकम फिर्ता गर्ने जानकारी दिएको हो।

अस्पतालका अनुसार यसअघि यो शुल्क बुझाएका सेवाग्राहीहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अस्पतालको बिलिङ शाखामा उपस्थित भई रकम फिर्ता लिन सक्नेछन् ।

रकम फिर्ता लिनका लागि आफूले भुक्तानी गरेको मूल बिल, नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र आवश्यक अन्य कागजातहरू अनिवार्य पेस गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र रकम फिर्ता लिन नआएमा प्रचलित कानुन तथा नेपाल सरकारको निर्णय अनुसार आवश्यक प्रक्रिया अगाडि बढाइने अस्पताल प्रशासनले जनाएको छ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!