
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-४ घर भएका कवि तथा साहित्यकार रोशन परियार नेपाल प्रज्ञाप्रतिष्ठानको प्राज्ञ सदस्यमा नियुक्त भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन १९ गते परियारलाई प्रज्ञाप्रतिष्ठानको प्राज्ञ सदस्यमा नियुक्त गरेको हो ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको निर्णयबाट नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान तथा नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा विभिन्न पदाधिकारी तथा प्राज्ञ सदस्य नियुक्त गरेको छ ।
परियार लामो समय देखि धनकुटामा रहेर विभिन्न साहित्यिक विधामा कलम चलाउँदै आएका छन् । उनी विशेषतः नेपाली कविता लेखनमा सक्रिय छन् ।

संगालोखबर 













