
विराटनगर । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-११ गन्जेडाँडामा ४६ वर्षीय पुरुषको हत्या भएको छ । आफ्नै घरमा मृत फेला परेका तोईबहादुर कटवालको हत्या गरेको आरोपमा प्रहरीले सोही स्थानका १९ वर्षीय रोशन भुवनसिंह कार्कीलाई पक्राउ गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा कार्कीले मदिरा सेवनपछि कटवालसँग विवाद हुँदा रिसको आवेगमा चक्कु प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् । घरमै मृत अवस्थामा कटवालको शव फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
पक्राउ परेका कार्कीमाथि इलाका प्रहरी कार्यालयले थप कानुनी प्रक्रिया अगाडि बढाएको छ । घटनाका सम्बन्धमा अन्य प्राविधिक पक्ष र कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













