
विराटनगर । मोरङको लेटाङ नगरपालिका-९ बाट जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ३४ वर्षीय आदित्य भनिने गंगाबहादुर गुरुङ छन् ।
प्रहरीका अनुसार सोही स्थानमा दिदी भिनाजुको घरमा बस्दै आएकी महिलालाई साउन १६ गते राति गुरुङले जबरजस्ती करणी गरेका थिए ।
पीडित बसेकै घरको कोठामा लगेर मुख थुनी निजको इच्छा विपरीत जबरजस्ती करणी गरेको भन्ने जाहेरीका आधारमा गुरुङलाई पक्राउ गरिएको मोरङ प्रहरीका सूचना अधिकारी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
पक्राउ परेका गुरुङविरुद्ध इलाका प्रहरी कार्यालय लेटाङले आवश्यक अनुसन्धान गरिरहेको छ ।

संगालोखबर 













