
विराटनगर । धनकुटाबाट ६४७ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट आज बिहान करिब ५ः३० बजे उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका-३ का २७ वर्षीय उमेश थिङ र सहचालक सहिदभूमि गाउँपालिका-१ का ३६ वर्षीय तुलराम राई छन् ।
कोशी लोकमार्गबाट विराटनगरतर्फ आउँदै गरेको ना ३ ख ५०९५ नम्बरको ट्रकमा चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
चेकजाँचका क्रममा ट्रकभित्र कालो प्लाष्टिकमा प्याक गरेर राखिएको अवस्थामा ४८ पोका गाँजा फेला परेको हो । पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













