संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–७ मा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ ।दुर्घटनामा ७० वर्षीया चुम्नीदेवी मण्डलकाे मृत्यु भएकाे हाे ।

प्रहरीका अनुसार बुधबार राति कदमाहाबाट नोचातर्फ जाँदै गरेको को ३३ प ८९५३ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेकी मण्डललाई ठक्कर दिएको थियाे ।

गम्भीर घाइते भएकी मण्डललाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएकोमा आज बिहान ४ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक धनपालथान-१ नोचाका १७ वर्षीय धिरज मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!