संगालोखबर


विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका-३ स्थित कोइली सामुदायिक वनबाट प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ ।

आज गस्तीमा खटिएको प्रहरी टोलीले बोरामा पोको पारेर राखिएको अवस्थामा बन्दुक बरामद गरेको हो ।

बन्दुकसँगै सोही बन्दुकमा प्रयोग हुने किटको टुक्रा दुई थान, बारुद ३२ ग्राम २५० मिलिग्राम समेत बरामद गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

बरामद भएका सामान इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ । भरुवा बन्दुक कसले राखेको भन्ने विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!