संगालोखबर


विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले सार्वजनिक स्थानमा राखिएका एकल जातीय, धार्मिक, साम्प्रदायिक तथा विशेष पहिचान झल्काउने झण्डा र ध्वजापता तीन दिनभित्र हटाउन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जारी गरेको सार्वजनिक सूचनामा विभिन्न समयमा विभिन्न प्रयोजनका लागि सार्वजनिक स्थलमा राखिएका यस्ता झण्डा तथा ध्वजापता तोकिएको समयभित्र हटाउन भनिएको हो ।

प्रशासनले सार्वजनिक स्थानबाट झण्डा तथा ध्वजापता हटाएपछि पुनः त्यस्ता सामग्री नराख्नसमेत आग्रह गरेको छ । सार्वजनिक स्थलको व्यवस्थापन, सामाजिक सद्भाव तथा शान्ति-सुरक्षा कायम गर्ने उद्देश्यले अपिल जारी गरिएको प्रशासनले जनाएको छ ।

यसका लागि स्थानीय तह, सरोकारवाला निकाय तथा सम्बन्धित सबै पक्षबीच आवश्यक समन्वय र सहकार्य गर्न प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले सूचनाको पालना गरी सामाजिक सद्भाव र कानुनी व्यवस्थाको संरक्षणमा सहयोग गर्न सबै पक्षलाई अनुरोध गरेको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!