
विराटनगर । सोलुखुम्बुमा हजुरबुबाको हत्या गरेको आरोपमा नाति पक्राउ परेका छन् । न्वारन पूजामा गएका आफ्नै हजुरबुबालाई कुटपिट गरी हत्या गरेको आरोपमा २३ वर्षीय निरबहादुर विश्वकर्मा पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार सोलुदुधकुण्ड नगरपालिका-१ लुदु निवासी अन्दाजी ५० वर्षीय कृष्णगोपाल विश्वकर्मा साउन १८ गते नाति निरबहादुरको घरमा गएका थिए ।
सोही क्रममा निरबहादुरले कुटपिट गर्दा कृष्णगोपाल गम्भीर घाइते भएका थिए । घाइते कृष्णगोपालको उपचारका क्रममा साउन १९ गते मृत्यु भएको हो । घटनामा संलग्न निरबहादुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

संगालोखबर 













