सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटा जिल्ला अदालतमा गत आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी सम्बन्ध विच्छेद र गाँजा सम्बन्धी मुद्दा दर्ता भएका छन् । जिल्ला अदालतले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गतवर्ष सम्बन्ध विच्छेदका सबैभन्दा बढी ३५२ मुद्दा दर्ता भएका हुन् ।

यस्तै लागूऔषध गाँजा सम्बन्धी ३८ वटा मुद्दा दर्ता भएका जिल्ला अदालत धनकुटाका न्यायाधीश हरिशचन्द्र इङ्नामले बताए । लागूऔषध ब्राउन सुगर सम्बन्धी १८ र अन्य लागूऔषधका १७ तथा जबरजस्ती करणीका ३१ सहित जम्मा ७ सय ५९ मुद्दा दर्ता भएका इङ्नामले जानकारी दिए ।

अदालतका अनुसार दर्ता भएका मुद्दामध्ये ६५३ वटा फछर्यौट भइसकेका छन् भने १०६ वटा मुद्दा फछर्यौट हुन बाँकी छन् ।

फैसला भएका मुद्दामध्ये १ हजार ८० वर्ष ८ दिन कैद लागत रहेकोमा हालसम्म ४ सय ४५ वर्ष ७ महिना १२ दिन फछर्यौट भएर ६ सय २५ वर्ष ४ महिना २६ दिन कैद भुक्तानी बाँकी रहेको अदालतले जनाएको छ ।

यस्तै हालसम्मको जरिवाना लगत ४ करोड ७० लाख ५१ हजार १ सय ३५ रुपैयाँ मध्ये गत आर्थिक वर्षमा १ करोड १६ लाख ४१ हजार ३ सय १८ रुपैयाँ असुली भई ३ करोड ५४ लाख ९ हजार ८ सय १७ रुपैयाँ फछर्यौट भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!