
विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार आठ सय रुपैयाँ घटेको हो ।
आज सुन प्रतितोला दुई लाख ८५ हजार पाँच सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि प्रतितोला एक सय ५५ रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला चार हजार तीन सय ५० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 

















